आफ्नै फिल्म हेरेर रोए प्रियंका र शिल्पा !
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्के आफ्नै फिल्म ‘फूलबारी’ हेरेर रोएका छन् । बिहीबार आयोजित फिल्मको प्रिमिएरमा उनीहरु फिल्म हेरेर रोएका हुन् ।
प्रिमिएरपछि पत्रकारसँग कुरागर्दै प्रियंकाले फिल्मको कथा आफ्नो घरको कथा समेत रहेको भन्दै आँसु झरेको बताइन् । उनले आफू अक्सर फिल्म हेरेर नरुने तर्क गर्दै यो फिल्मको विषयवस्तुले मन छोएको धारणा राखिन् ।
त्यस्तै फिल्म हेरेर निस्किदा अभिनेत्री शिल्पा मास्केको आँखा पनि रसाए । फिल्मको कथावस्तु र भावनाले छोएर आँसु झरेको पत्तै नपाएको शिल्पाले बताइन् ।
हुन त आफ्नो फिल्म हेरेर रुने अभिनेत्री प्रियंका र शिल्पा मात्र कहाँ हो र । केही अगाडि आफ्नै फिल्म ‘म यस्तो गीत गाउँछु २’ हेरेर अभिनेत्री पूजा शर्मा पनि रोएकी थिइन् । उक्त समय धेरैले उनलाई फिल्म चलाउने फन्डा भनेर आलोचना समेत गरे ।
प्रियंका र शिल्पालाई अहिले सामाजिक संजालमा ट्रोल गर्न थालिएको छ । प्रियंका रोएको बिषयमा कतिपयले सामाजिक संजालमा लेखेका छन्, ‘मिडियाको अगाडि रुँदै गरेको अभिनय पर्दामा पनि गरिदिए कति राम्रो हुन्थ्यो ।’
कलाकार फिल्मको कार्यक्रममा रोए भने फिल्मलाई फाइदा हुन्छ भनेर धेरैले बुझ्ने गरेका छन् । तर आफ्नो फिल्म हेरेर कलाकार रुन्छन् भने धेरैले ट्रोल गर्छन् ।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजिएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलको फिल्ममा अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण