शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धेरै हाई आउँछ ? यी रोगको सङ्केत हुनसक्छ

आइतबार, ०७ फागुन २०७९, १६ : १९
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । मानिसहरूलाई थकान महसुस हुँदा वा निद्रा लाग्दा हाई आउँछ । हाई आउने हाम्रो शरीरको सामान्य प्रक्रिया हो । एक दिनमा सामान्य रूपमा एक व्यक्तिले ५ देखि १९ पटकसम्म हाई काढ्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

स्लीप फाउन्डेसनका अनुसार दिनमा १० पटकभन्दा बढी हाई गर्ने धेरै मानिसहरू हुन्छन् । तर केही मानिसहरूले असामान्य रूपमा दिनमा १ सय पटकभन्दा बढी हाई गर्ने गरेको पाइएको छ । यसको प्रमुख कारण भनेको नियमित समयभन्दा बढी उठ्नु हो । तर, सामान्य सङ्ख्याभन्दा बढी हाई गर्नु गम्भीर बिरामीको सङ्केत हुन सक्ने डाक्टरहरू बताउँछन् । 

हाई आउनुका कारणहरू

मेडिकल न्यूज टुडेका अनुसार धेरै हाई आउनु या पटक–पटक हाई गर्नु कुनै औषधीको साइडइफेक्ट पनि हुनसक्छ । त्यही भएर यसबारे पनि हामी सचेत हुन जरुरी छ । यो अब्सट्रक्टिभ स्लीप एप्नियाजस्तो निद्रासम्बन्धी रोग सङ्केत हुनसक्छ जसमा मानिसलाई दिनमा पनि अधिक निद्रा लाग्ने गर्छ । विज्ञहरूले धेरै हाई आउनु पाचन प्रक्रियासँग जोडिएको बिरामी एक कारण हुनसक्ने बताउँछन् ।

निद्रा पुरा नहुनु

धेरै मानिसहरूलाई दिनमा धेरै निद्रा लाग्छ । यसले गर्दा उनीहरूलाई धेरै हाई आउने गर्छ । रातिको समयमा केही कारणवश आफ्नो निद्रा पुरा गर्न नसकेका कारण यस्तो हुने गर्छ । राति निद्रा नपुगेपछि मानिसहरू अर्को दिन निकै थकित महसुस गर्छन् । जसले हाई पनि धेरै आउँछ ।

डाइबिटिज

धेरै हाई आउनु हाइपोग्लाइसीमियाको सुरुवातको सङ्केत पनि हुनसक्छ । शरीरमा ग्लुकोजको मात्रा कम भयो भने हाई आउन थाल्छ ।

स्लीप एपनिया

यसमा बिरामीहरूलाई राति सुत्न निकै कठिनाइ महसुस हुन्छ । उनीहरूले रातिको समयमा निद्रा पुरा गर्न नसकेपछि अर्को दिन थकित भएको महसुस गर्छन् र उनीहरूलाई हाई नियमित रूपमा आउँछ । यस रोगमा श्वास लिन समस्या हुन्छ । स्लीप एपनियामा सुत्ने समयमा समय–समयमा श्वास रोकिएकोजस्तो हुन्छ । खतरनाक कुरा भनेको मानिसलाई सुतेको समयमा श्वास रोकिएको थाहा हुँदैन ।

नार्कोलेप्सी

यो पनि निद्रासँग जोडिएको एक प्रकारको समस्या हो । यसमा कुनै व्यक्ति जहाँ पनि जुनसुकै समयमा सुत्छन् । यसका बिरामीलाई दिनमा कयौँ पटक निद्रा लाग्छ जसले गर्दा उनीहरूलाई पटक–पटक हाई आउँछ ।

इन्सोम्निया

इन्सोम्निया पनि निद्रासँग सम्बन्धित एक रोग हो । यसमा बिरामीलाई राति निद्रा नै लाग्दैन वा एकपटक निद्रा खुलेपछि उनीहरू सुत्नै सक्दैनन् । राति नसुतेपछि दिनमा उनीहरूलाई धेरै निद्रा लाग्छ र त्यससँगै हाई पनि आउँछ ।

मुटुका बिरामी

धेरै हाई आउने कुरा भेगस नामक नशासँग जोडिएको हुन्छ । यो नशा हाम्रो मुटुदेखि पेटसम्म पुग्छ । एक अध्ययनले मुटुको वरिपरि रक्तश्राव वा हृदयाघातको सम्भावनातर्फ पनि सङ्केत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप