एउटा गल्तीले ५५ लाखको कलाकृति चकनाचुर
मियामी । "कृपया यो कलाकृतिलाई नछुनुहोस्।" प्रायः जब तपाईं कुनै पनि ग्यालरी वा प्रदर्शनीमा जानुभएको छ, तपाईंले यो कलाको नजिकै लेखिएको देख्नु भएको छ। यो लिखित भनाइलाई स्वीकार गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने एउटा भर्खरैको एक घटनाले पुष्टि गरेको छ।
मियामीमा एक कला कलेक्टरले गल्तीले एउटा कलाकृति फुटाएका छन् ।अमेरिकी पप कलाकार जेफ कोन्सले बनाएकोयो कलाकृतिको मूल्य ४२ हजार डलर अर्थात् करिब ५५ लाख रुपैयाँ थियो । कलाकृति वास्तवमा एक मूर्ति थियो, जसको आकार कुकुरको थियो।
ग्यालरीमा भिआइपी व्यक्तिहरू मात्र प्रवेश गर्दा यो घटना भएको हो। घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीले महिलाले आफ्नो औँलाले कलाकृति छोएको बताएका छन् । यस सम्पूर्ण घटनामा राम्रो कुरा भनेको यो कलाकृतिको बीमा थियो। यस्तो अवस्थामा मौद्रिक क्षति पूर्ति हुने भएको छ... तर कलाकृति भने नष्ट भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण