प्रदेश १ मा मानवअधिकार उलङ्घनका घटनामा ९ सय ७० जना पीडित
विराटनगर । सन् २०२२ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् । विराटनगरमा आज आयोजित पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानव अधिकार हनन् भएको उल्लेख छ । यस्तै ज्यादतीका घटनामा ९ सय १८ जना पीडित भएको जानकारी जनाइको छ । महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय ५७ जना र बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्ष प्रदेश १ मा अपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बाल अधिकारका घटनामा २ सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एक जना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार ९ जना, धम्की एक जना, महिला अधिकारका घटनामा ४ सय ५७ जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ७० जना पीडित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण