राष्ट्रपतिमा एमालेले माग्यो रास्वपाको सहयोग
बिहीबार, १८ फागुन २०७९, १४ : ३१

काठमाडौँ । नेकपा एमालेले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग मागेको छ ।
बिहीबार रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी कार्यालय बसुन्धरामा भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको हो । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।
नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरुले नेम्वाङको पक्षमा मत मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा