रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्यौं : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा रामचन्द्र पौडेललाई अगाडि सारेको बताएका छन् । बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा देउवाले पौडेललाई केही दिएन भन्ने गुनासो सुनिने गरेको बताए।
‘तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पूरानो साथी हो ,’ उनले भने, ‘त्यसकारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’
पौडेल पार्टीको सिनियर साथी भएको भन्दै प्रजातन्त्रको स्थायित्वका लागि ठूलो संघर्ष गरेको देउवाले बताए । यस्तै देउवाले राष्ट्रपतिमा पौडेललाई निर्वाचित गर्दा विगत्मा जस्तो संविधान च्यात्ने जोखिम नहुने पनि बताए । देउवाले भने, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव संगाल्यौँ । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’
राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको बताए । सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने बताए । ‘उहाँ प्रजातन्त्रको स्थायित्वका लागि जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वास्त छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण