भूराजनीतिक तनाव अन्त्य गर्न जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्छ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् ।
प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी ट्वेन्टीलाई आशा र भरोसका साथ हेरेको बताए ।
उनले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गरे । उक्त आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताए ।
बैठकका अध्यक्ष भारतीय विदेश मन्त्री एस जयशङ्करले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिए । उनले खाद्य र ऊर्जा सुरक्षा चिन्ताका विषय भएका बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गरे । विश्व अर्थतन्त्रका लागि ती महत्वपूर्ण विषय भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज