सुदूरपश्चिम प्रदेशसभा बैठक आइतबारका लागि आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको उनले जनाए ।
प्रदेशसभामा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकार गठन गरेका छन् । उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोही अनुसारको राजनीतिक समीकरण बन्ने आकलन गरिएको छ ।
केन्द्र अनुसारकै समीकरण बन्ने हो भने प्रदेशसभामा उनलाई विश्वासको मत प्राप्त हुने सहजै अनुमान गर्न सकिन्छ । यद्यपि अहिलेसम्म प्रदेश तहमा भागबण्डाको विषय भने टुंगो लागिसकेको छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण