आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा बैठक आइतबारका लागि आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

शुक्रबार, १९ फागुन २०७९, १८ : ५७
शुक्रबार, १९ फागुन २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको उनले जनाए ।

प्रदेशसभामा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकार गठन गरेका छन् । उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोही अनुसारको राजनीतिक समीकरण बन्ने आकलन गरिएको छ । 

केन्द्र अनुसारकै समीकरण बन्ने हो भने प्रदेशसभामा उनलाई विश्वासको मत प्राप्त हुने सहजै अनुमान गर्न सकिन्छ । यद्यपि अहिलेसम्म प्रदेश तहमा भागबण्डाको विषय भने टुंगो लागिसकेको छैन ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप