बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक जीवनका यी स–सानाले बानीले मधुमेहको जोखिमबाट टाढै राख्छ, ध्यान दिनुहोस्

आइतबार, २१ फागुन २०७९, १६ : ३६
आइतबार, २१ फागुन २०७९

मधुमेहका बिरामीको सङ्ख्या लगातार बढ्दो छ । मधुमेह रागले गाँजेपछि शरीरमा पर्याप्त मात्रा इन्सुलिन बन्न पाउँदैन पा जति इन्सुलिन बन्छ, शरीरले त्यसलाई राम्रोसँग प्रयोग गर्न पाउँदैन । यसै कारण रगतमा चिनीको मात्रा बढ्न थाल्छ । इन्सुलिन एक प्रकारको हर्मोन हो जुन खानाबाट पाइने चिनीलाई शरीरको कोशिकासम्म पुर्‍याउने गर्छ । पर्याप्त मात्रामा इन्सुलिन नबन्दा रगतमा चिनी रहिरहने भएकोले मधुमेहको जोखिम बढ्न थाल्छ । 

खराब जीवनशैली, खानपिन, शारीरिक क्रियाकलापमा कमीका कारण आजको समयमा मानिसहरू टाइप टु मधुमेहको सिकार भइरहेका छन् । यहाँ आज हामी तपाईँलाई यस्ता केही तरिकाबारे जानकारी दिँदै छौँ जुन अपनाउँदा यो रोगको जोखिम धेरै हदसम्म कम हुन्छ । 

चिनी वा रिफाइन्ड सुगरको सेवन कम गर्नुहोस्

चिनी र कार्बोहाइड्रेटले भरपुर चिजले रगतमा चिनीको मात्रा बढाउँछ । तपाईँले चिनी र यसले बनेको खानेकुरा खाँदा रगतमा सुगरको स्तर बढ्ने गर्छ । यो स्थितिमा तपाईँ पछि गएर मधुमेहबाट ग्रसित हुने सम्भावना बढी रहन्छ । यदि तपाईँ यो रोगबाट बच्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो खानामा पाउरोटी, आलु, मैदाजस्ता कार्ब्सले भरपुर खानेकुरा र चिनीले बनेको खाद्य पदार्थलाई सीमित गरिदिनुहोस् । 

डाइटमा फाइबरयुक्त खानेकुरा बढाउनुहोस्

फाइबरयुक्त खानेकुरा तपाईंको पेटको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । यसले तौलका साथै मधुमेहको जोखिम पनि घटाउँछ । फाइबर दुई प्रकारका हुन्छन् । यसमा एक घुलनशील र अर्को अघुलनशील फाइबर हुन्छन् । घुलनशील फाइबरले पानी सोस्ने गर्छ । यसले ब्लड सुगर र कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्न मद्दत गर्छ । अमेरिकाको स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार स्याउ, केरा, जई, मटर, अंकुरित गेडागुडी र एभोकाडोजस्ता खाद्य पदार्थमा घुलनशील फाइबर पाइन्छ ।

शारीरिक रूपमा सक्रिय हुनुहोस्

नियमित व्यायाम गर्नुहोस् र कुनै न कुनै तरिकाले शारीरिक रूपमा सक्रिय रहनुहोस् । यो रोगलाई टाढा राख्ने एउटा उत्कृष्ट तरिका हो । यसका लागि तपाईँले जिममा गएर पसिना नै बगाउनुपर्छ भन्ने छैन । तपाईँ बिहान बेलुका हिँडेर मात्रै पनि आफूलाई फिट राख्न सक्नुहुन्छ । अल्छी जीवनशैली नअपनाउनुहोस् र आफ्नो घरको काम पनि गरिरहनुहोस् । यसले तपाईँलाई सक्रिय रहन मद्दत गर्छ ।

सफ्ट र गुलियो पेय पदार्थ साटो पानी पिउनुहोस्

कुनै पनि पेय पदार्थ पानीको विकल्प हुन सक्दैन । यसले पानीले दिने फाइदा पनि दिँदैन । जब मधुमेह र ब्लड सुगरलाई नियन्त्रणमा राख्ने कुरा आउँछ तब तपाईँले आफ्नो दैनिक जीवनमा पानीको मात्रा बढाउनुपर्छ । कोल्ड ड्रिङ्क र चिनीयुक्त अन्य पेय पदार्थबाट टाढै रहनुहोस् र पानीको मात्रा बढाउनुहोस् । यसले तपाईंको पेट भरिएको महसुस गराउँछ जसको तौललाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ ।

पोर्सन कन्ट्रोल गर्न जरुरी

यदि तपाईँ मधुमेहजस्तो कुनै दीर्घ रोगको जोखिमबाट मुक्त हुन चाहनुहुन्छ भने तौललाई नियन्त्रणमा राख्न आवश्यक छ । यदि तपाईँ तौल नियन्त्रण गर्न चाहनुहुन्छ भने आजदेखि नै पोर्सन कन्ट्रोल गर्ने बानी अपनाउनुहोस् । पोर्सन कन्ट्रोल गर्नुको अर्थ तपाईँले आफ्नो प्लेटमा सीमित मात्रामा नै खाना हाल्नु हो । धेरै पटक प्लेट भरिएको हुँदा तपाईँले आफ्नो भोकभन्दा पनि बढी खानुहुन्छ । त्यसैले आफ्नो प्लेटमा कम खाना पस्किने बानी बसाल्नुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप