कोभिडजस्तै फैलिँदै एचथ्रीएनटु इन्फ्लुएन्जा
नयाँ दिल्ली । चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् ।
एम्सका पूर्व निर्देशक डा। रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन् । वृद्धवृद्धाका साथै पहिले नै अन्य रोगबाट ग्रसितहरुलाई यसले समस्या सिर्जना गर्न सक्ने उनीहरुको चेतावनी छ ।
त्यस्तै, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि सोमबार स्वास्थ्य विज्ञहरुसँग एचथ्रीएनटु इन्फ्लुएन्जाको बढ्दो मामिलाबारे छलफल गरेको छ । छलफलमा विज्ञहरुले देशमा कोरोनाका केसहरु कम भए पनि इन्फ्लुएन्जाका केसहरु बढिरहेको बताएका थिए । उनीहरुले प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरुका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चेतावनी दिएका थिए ।
पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहित कयौँ क्षेत्रमा इन्फ्लुएन्जको मामिला बढिरहेका छन् । कोरोनापछि फ्लुका केसहरु बढेसँगै मानिसहरु डराएका छन् । किनभने यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको छ ।
मेदान्ता अस्पतालको आन्तरिक चिकित्सा विभागका शीर्ष निर्देशक सुशीला कटारियाका अनुसार इन्फ्लुएन्जा–ए भाइरसको एचथ्रीएनटु स्ट्रेनबाट संक्रमितहरुलाई २–३ दिनसम्म ज्वरो आउने गर्दछ । त्यस्तै शरीर दुख्ने, टाउको दुख्ने र घाँटी पोल्ने समस्या देखिन्छ भने खोकी दुई हप्तासम्म जारी रहन्छ । यसलाई फ्लुको सामान्य लक्षणमा राखिन्छ ।
तर, प्राइमस स्लीप एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख एस।के। छाबडाले न्युज एजेन्सी आईएएनएससँग कुराकानी गर्दै बिरामीहरुलाई भाइरल ज्वरोको साथै रुघाखोकी र ब्रोन्काइटिसजस्ता फोक्सोसँग जोडिएका समस्याहरु पनि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण