‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ सम्पन्न
काठमाडौँ । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टर नेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए । ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार राशि जितेको छ । त्यस्तै उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ ।
त्यस्तै उक्त प्रतिस्पर्धामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौँ कलेजका तेन्जिन शेर्पाले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाए । त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जिते ।
त्यस्तै उक्त टोर्नामेन्टको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स रहेका थिए । त्यस्तै टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण