आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिए ।
उनले भने, “चीनसँग सिमाना जोडिएका पाँच र भारतसँग सिमाना जोडिएका एक ठाउँमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको छ ।’’ चीनतर्फ हुम्लाको यारी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङगोला, डोल्पाको तिन्जे धो र भारततर्फ महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको उनले जानकारी दिए ।
उनले भने, “बन्दरगाहका लागि प्रस्तावितमध्ये चार ठाउँको पूर्वसम्भाव्यता अध्ययन (प्री–फिजिबिलिटी स्टडी) सम्पन्न भइसकेको छ भने दुईवटाको अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ ।’’ उनका अनुसार कोरोला सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन पूरा भई अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भइरहेको छ ।
उनका अनुसार ताप्लेजुङको ओलाङ्चुङगोला, हुम्लाको यारी, महोत्तरीको जलेश्वर सुक्खा बन्दरगाह निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ भने डोल्पाको तिन्जे धो र सङ्खुवासभाको किमाथाङ्कामा प्रस्तावित बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ । अबको एक महिनाभित्र अध्ययन सुरु हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण