शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यो देशका उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजियो : विप्लव

आइतबार, २८ फागुन २०७९, १५ : ०६
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको बताएका छन् । आइतबार माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले अपराधीकरण गर्न खोजिएकाले टिक्न नसक्ने बताए । 

‘जनताको तागतले जन्मिएको व्यवस्थालाई जनताको तागतले परिवर्तन ल्याएकालाई दलालहरूले मुठ्ठीमा  लग्न खोजे । पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका बाहक श्रमिक जनतालाई अपराधीकरण गर्न खोजिँदै छ । त्यस्ता व्यक्तिहरू देशमा टिक्न सक्ने छैनन्’ विप्लवले भने, ‘तिनीहरूले जति नै दुस्साहस गरे पनि यो आन्दोलन वा प्रतिवाद

प्रतिरोधका सामु टिक्न सक्ने छैनन् ।’ यो देशमा उत्पीडित समुदाय, कमैया मुक्त, श्रमिक र दलितले विद्रोह गरेको देख्न नचाहनेहरू प्रवृत्ति हाबी रहेको विप्लवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप