यो देशका उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजियो : विप्लव
आइतबार, २८ फागुन २०७९, १५ : ०६
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको बताएका छन् । आइतबार माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले अपराधीकरण गर्न खोजिएकाले टिक्न नसक्ने बताए ।
‘जनताको तागतले जन्मिएको व्यवस्थालाई जनताको तागतले परिवर्तन ल्याएकालाई दलालहरूले मुठ्ठीमा लग्न खोजे । पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका बाहक श्रमिक जनतालाई अपराधीकरण गर्न खोजिँदै छ । त्यस्ता व्यक्तिहरू देशमा टिक्न सक्ने छैनन्’ विप्लवले भने, ‘तिनीहरूले जति नै दुस्साहस गरे पनि यो आन्दोलन वा प्रतिवाद
प्रतिरोधका सामु टिक्न सक्ने छैनन् ।’ यो देशमा उत्पीडित समुदाय, कमैया मुक्त, श्रमिक र दलितले विद्रोह गरेको देख्न नचाहनेहरू प्रवृत्ति हाबी रहेको विप्लवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण