उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् ।
सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै जसपाका नेताहरूले सभापति देउवालाई भेटेका हुन् ।
भेटघाटका क्रममा सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई जाने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले बताए । देउवासँग देशको वर्तमान राजनीतिक स्थितिलगायत अन्य समसामायिक विषयमा पनि छलफल भएको उनले बताए ।
उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका थिए ।
उनले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण