रामसहायलाई प्रमिलाको समर्थन
काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता लिएको घोषणा गरिन्।
राष्ट्रियसभाका सदस्य समेत रहनुभएका यादवको वक्तव्यमा भनिएको छ– ‘प्राविधिक रूपमा उम्मेदवारको नामावलीको सूचीमा मेरो नाम रहन गएको भए तापनि म रामसहायप्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’
उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रमिलाकुमारी यादवसँगै चार जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । आज मंगलबार बस्ने १० दलीय सत्तागठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवसँग जनमत पार्टीका ममता झाको पनि उम्मेदवारी रहेको छ ।
फागुन १२ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेअनुसार गत बिहीबार जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
त्यसलगतै निर्वाचन आयोगले राष्ट्रपति खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेको सञ्चारमाध्यममा आएपछि सो पार्टीले दुवै जनालाई उम्मेदवार बनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गर्ने सक्ने आशंका गर्दै दुवै जनाको उम्मेदवारी दिइएको थियो । यो समाचार नेपाल समाचार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण