शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टा नबित्दै नाट्टाको मुख्यालयमा पुनः तालाबन्दी

बुधबार, ०१ चैत २०७९, ११ : ३१
बुधबार, ०१ चैत २०७९

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) मा पुनः तालाबन्दी गरिएको छ । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले २४ घण्टा पनि नबित्दै नाट्टामा पुनः ताला लगाएको हो । श्रम ऐन २०७४ को दफा ११६ (ख) बमोजिम संयुक्त ट्रेड युनियन फोरम (जोटुफ) ले श्रम नियमावली २०७५ दफा ६७ बमोजिमका टुर क्षेत्रका रोजगारदाताहरुको संरक्षण सुरक्षित गर्न भन्दै गत भदौ २९ गते नाट्टा मा मागपत्र पेश गरेको थियो ।

nata (1)

मागपत्र पेश गरेको ५ महिना बित्दासम्म नाट्टाले बेवास्ता गरेका कारण पर्यटन मजदुर संघ जोटुफमा आवद्ध मजुदरहरुले २०७९ पुष १२ गते ७ दिने र २४ गते ४८ घण्टे ध्यानाकर्षण पश्चात विभिन्न चरणमा छलफल गर्दा पनि निष्कर्ष निकाल्न नसकेको कारण तालाबन्दी गरिएको जोटुफले जनाएको छ ।

यसै सिलसिलामा जोटुफले गत फागुन २७ गते नक्सालस्थित नाट्टाको मुख्यालयमा तालाबन्दी गरेको थियो । तर, नाटाको कार्यसमितिले आन्दोलनले नेपालको पर्यटन विकासमा समेत दीर्घकालीन क्षति पुगेको भन्दै हिजो मंगलबार स्थानीय प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खोलिएको थियो । 

यसको २४ घण्टा पनि नवित्दै जोटुफले पुनः आज नाट्टामा ताला लगाएको छ । नाट्टामा अनिश्चित कालीन तालाबन्दी गरिएको र मागपूरा नभएसम्म ताला नखोलिने जोटुफका सचिव रामकाजी ‘प्रयास’ ले जानकारी दिए ।

nata (4)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप