२४ घण्टा नबित्दै नाट्टाको मुख्यालयमा पुनः तालाबन्दी
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) मा पुनः तालाबन्दी गरिएको छ । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) ले २४ घण्टा पनि नबित्दै नाट्टामा पुनः ताला लगाएको हो । श्रम ऐन २०७४ को दफा ११६ (ख) बमोजिम संयुक्त ट्रेड युनियन फोरम (जोटुफ) ले श्रम नियमावली २०७५ दफा ६७ बमोजिमका टुर क्षेत्रका रोजगारदाताहरुको संरक्षण सुरक्षित गर्न भन्दै गत भदौ २९ गते नाट्टा मा मागपत्र पेश गरेको थियो ।
_KWsyT4RBrY.jpg)
मागपत्र पेश गरेको ५ महिना बित्दासम्म नाट्टाले बेवास्ता गरेका कारण पर्यटन मजदुर संघ जोटुफमा आवद्ध मजुदरहरुले २०७९ पुष १२ गते ७ दिने र २४ गते ४८ घण्टे ध्यानाकर्षण पश्चात विभिन्न चरणमा छलफल गर्दा पनि निष्कर्ष निकाल्न नसकेको कारण तालाबन्दी गरिएको जोटुफले जनाएको छ ।
यसै सिलसिलामा जोटुफले गत फागुन २७ गते नक्सालस्थित नाट्टाको मुख्यालयमा तालाबन्दी गरेको थियो । तर, नाटाको कार्यसमितिले आन्दोलनले नेपालको पर्यटन विकासमा समेत दीर्घकालीन क्षति पुगेको भन्दै हिजो मंगलबार स्थानीय प्रतिनिधि, प्रहरी प्रशासन र पत्रकारको रोहवरमा नाट्टाको कार्यालयमा लगाइएको ताला खोलिएको थियो ।
यसको २४ घण्टा पनि नवित्दै जोटुफले पुनः आज नाट्टामा ताला लगाएको छ । नाट्टामा अनिश्चित कालीन तालाबन्दी गरिएको र मागपूरा नभएसम्म ताला नखोलिने जोटुफका सचिव रामकाजी ‘प्रयास’ ले जानकारी दिए ।
_7sUiBCi5Fp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण