महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु, एक घाइते
बुधबार, ०१ चैत २०७९, २० : २३
महोत्तरी । महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षीय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।
स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उदार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए ।
घाइतेमध्ये चन्दन देवीको उपचारको क्रममा मृत्यु भएको हो भने जयकरण यादवलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
रामसागर यादवको घरको भान्साबाट एक्कासी लागेको आगलागीबाट उनको झण्डै ८० हजार बरावरको क्षति समेत भएको छ । यादवको भित्र राखेको भाँडाकुँडा र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण