यसरी सर्छ निपाह भाइरस ?

काठमाडौँ । निपाह भाइरस एक जुवोनोटिक भाइरस हो । यो जनावरहरूबाट मानिसमा सर्छ । स्वास्थ्य तथा जनसङ्ख्या अनुसार सङ्क्रमित चमेरो, सुँगुर वा अन्य निपाह भाइरस सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएमा अर्को व्यक्तिमा भाइरस सर्न सक्छ । सङ्क्रमित जनावर वा व्यक्तिको रगत थुक,मूत्र जस्ता तरल पदार्थको मध्यमबाट भाइरस सर्दछ । सङ्क्रमित जनावरले दूषित बनाएको फलफूल सेवन गर्नाले पनि निवाह भाइरस सर्न सक्छ । उदाहरणका लागि सङ्क्रामक चमेरोले दूषित बनाएको खजूरको रस पिउनाले सङ्क्रमण सर्न सक्छ ।
बङ्गलादेश र भारतमा भने यो भाइरस मानिसबाट मानिसमा सरेको पाइएको थियो । परीक्षणबाट यो भाइरस सङ्क्रमित बिरामीहरूको हेरविचार गर्नेहरूको हेरविचार गर्नेहरूमा र परिवारका सदस्यमा फैलिएको थियो ।
निपाह भाइरस कसरी सर्छ ?
–निपाह भाइरस जनावरबाट, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ ।
–सङ्क्रमित चमेराबाट सुँगुर गाई गोरु जस्ता जनावर हुँदै मानिसमा सर्छ ।
–सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा सर्छ ।
–सङ्क्रमित व्यक्तिको रगत दिस पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा सर्छ ।
यो सङ्क्रमण सबभन्दा पहिले सन् १९९० मा मलेसिया तथा सिङ्गापुरमा पहिचान गरिएको थियो । जहाँ यो भाइरस सुँगुरको माध्यमबाट मानिसमा सरेको थियो । पहिलो पटक मलेसियाको कम्पङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको हुनाले यस भाइरसलाई निपाह नाम दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई
-
बेपत्ता छानबिन र सत्यनिरुपण आयोग पदाधिकारी नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी
-
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ, एक वर्षमा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ थप
-
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ : सहमहामन्त्री डिना
-
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
-
महालेखाको प्रतिवेदनले भन्यो - दूरसञ्चार कम्पनीको १ करोड ४२ लाख रोयल्टी र जरिवाना उठाउनू