यसरी सर्छ निपाह भाइरस ?
काठमाडौँ । निपाह भाइरस एक जुवोनोटिक भाइरस हो । यो जनावरहरूबाट मानिसमा सर्छ । स्वास्थ्य तथा जनसङ्ख्या अनुसार सङ्क्रमित चमेरो, सुँगुर वा अन्य निपाह भाइरस सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएमा अर्को व्यक्तिमा भाइरस सर्न सक्छ । सङ्क्रमित जनावर वा व्यक्तिको रगत थुक,मूत्र जस्ता तरल पदार्थको मध्यमबाट भाइरस सर्दछ । सङ्क्रमित जनावरले दूषित बनाएको फलफूल सेवन गर्नाले पनि निवाह भाइरस सर्न सक्छ । उदाहरणका लागि सङ्क्रामक चमेरोले दूषित बनाएको खजूरको रस पिउनाले सङ्क्रमण सर्न सक्छ ।
बङ्गलादेश र भारतमा भने यो भाइरस मानिसबाट मानिसमा सरेको पाइएको थियो । परीक्षणबाट यो भाइरस सङ्क्रमित बिरामीहरूको हेरविचार गर्नेहरूको हेरविचार गर्नेहरूमा र परिवारका सदस्यमा फैलिएको थियो ।
निपाह भाइरस कसरी सर्छ ?
–निपाह भाइरस जनावरबाट, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ ।
–सङ्क्रमित चमेराबाट सुँगुर गाई गोरु जस्ता जनावर हुँदै मानिसमा सर्छ ।
–सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा सर्छ ।
–सङ्क्रमित व्यक्तिको रगत दिस पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा सर्छ ।
यो सङ्क्रमण सबभन्दा पहिले सन् १९९० मा मलेसिया तथा सिङ्गापुरमा पहिचान गरिएको थियो । जहाँ यो भाइरस सुँगुरको माध्यमबाट मानिसमा सरेको थियो । पहिलो पटक मलेसियाको कम्पङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको हुनाले यस भाइरसलाई निपाह नाम दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण