जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई
काठमाडौँ । नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ । बुधवार काठमाडौँमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्युनिकरणको लागि राजनीतिक प्रतिवद्धत कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल सुरु गरेको बताएको हो ।
छलफलका क्रममा बोल्दै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि पनि सगरमाथा संवाद महत्वपूर्ण हुने बताए । विभागले गरेको छलफलबाट आएका निष्कर्षहरु सरकार सुझाव स्वरुप दिने पनि जानकारी गराए । उनले जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा छलफल हुने बताए ।
उनले भने, ‘सगरमाथा संवादबाट अन्तर्राष्ट्रिय जगतमा जुन एउटा गम्भीर विषयको रुमपा आइरहेको जलवायु परिवर्तनको विषय छ । यो जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा संवादमा छलफल हुनेछ । आज संसारभर नै जलवायु परिवर्तनका विषयमा छलफल भइरहेको छ । यसका समाधानका उपायहरुबारे छलफल भइरहेको छ, खोजि भइरहेको छ ।’
कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद्भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको काममा आवश्यक काम हुन नसकेको बताए । उनले आपत्कालीन उद्धार र राहतमा नेपालले उत्कृष्ट काम गरेको पनि बताए । उनले यसमा तीन तहकै सरकारले आवश्यक समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले विकासको काम गर्दा जलवायुको असरबारे पनि सोच्न जरुरी रहेको बताए ।
उनले भने- ‘दुई, तीनवटा कुरालाई इन्प्रुभ गर्नुपर्छ भनेर पुनःनिर्माण प्राधिकरण रहँदै गर्दा अर्को पुनःनिर्माण प्राधिकरण जस्तै अर्को संस्था चाहिन्छ भनेर हामीले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गर्यौँ । तर गृह मन्त्रालयको फ्रेमवर्कभित्र रहँदा यसमा समस्या आयो । मलाई लाग्छ यसमा राजनीतिक तहमा छलफल गर्न जरुरी छ ।’
भट्टराईले भने, ‘गृह मन्त्रालयको फ्रेमवर्कभित्र यो इन्टिटी रहँदा सानो सानो निर्णय गर्ने कुराका लागि त्यो लेभलको निर्णय गर्न सकेन । इमजेन्सी रेस्पोन्समा हाम्रो राम्रो खालको राहत उद्धारको काममा धेरै राम्रो क्षमता छ । उत्कृष्ट लेभलमा नेपालले काम गर्न सकेको छ । तर विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको कामका कुराहरुमा, विपद् पछिको पुनःनिर्माण र पुनःस्थापनामा जुन किसिमको अण्डरस्ट्याण्डिङ हुनुपर्दथ्यो त्यो हुन सकेन ।’
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा प्रभाव परिरहेको बताए । त्यसबाट कसरी बच्ने भन्ने योजना बनाउन जरुरी रहेको उल्लेख गरे । तीन तहकै सरकारले स्पष्ट खाका र योजना बनाएर अघि जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिने बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण