रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ : सहमहामन्त्री डिना
मकवानपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले रासायनिक मलको कारण माटोको उर्वराशक्ति ह्रास हुँदै गएको बताएकी छिन् । उनले रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताइन् ।
मकवानपुरको बकैया गाउँपालिका–७ मा हर्दा खहरे बोरिङ सिचाई आयोजनाको उद्घाटन गर्दै सहमहामन्त्री डिनाले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताइन् । उनले जैविक मलको प्रयोग बढाउनुपर्ने गरी सरकारले नीति कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
स्थानीय सरकारले पनि जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाईमन्त्री खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने बताए । प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाइको उचित प्रबन्ध गरेर यहीँ रोजगारी सिर्जना गर्न सकिने उनले बताए । तीन तहको सरकारबिच समन्वय गरी विकास निर्माणका कार्यहरू अघि बढाउनु आवश्यक रहेको मन्त्री खड्काको भनाई छ । मन्त्री खड्काले बेतेनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझै पनि खानेपानीको चरम अभाव रहेको बताए । निर्वाचित जनप्रतिनिधिहरूले दलभन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने मन्त्री खड्काले बताए । मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता बताए ।
बागमती प्रदेश सरकारको ३६ लाख रुपैयाँ लागतमा हर्दा खहरे बोरिङ सिँचाइ निर्माण गरिएको हो । १५ बिगाहा क्षेत्रफल जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सो आयोजना निर्माण गरिएको भूमिगत सिँचाइ आयोजना प्रमुख केशव जैशीले बताए । १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने उनले बताए ।
बन्जर जमिनमा सिँचाइ सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू हर्षित भएका छन् । आकाशे पानीको भरमा वर्षको एक बाली मात्रै खेती गर्दै आएका किसानहरू वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण