बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : पहाडी तथा तराईका भू-भागमा आज पनि चट्याङ्गसहित वर्षा

आइतबार, ०५ चैत २०७९, ०६ : २०
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  

आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।  यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप