रास्वपासहित सात दलको मोर्चा बनाउने तयारी
संसद्का सहभागी साना राजनीतिक दलहरूले छुट्टै गठबन्धन गरेर जाने विषयमा छलफल चलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टीसहितका सात दलले गठबन्धन अभ्यास शुरू गरेको नेताहरूले बताएका छन् ।
सत्ता गठबन्धन बाहिर रहेको रास्वपा, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी, संघीय समाजवादी पार्टी र गठबन्धन सहयात्री दलहरू जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले गठबन्धन बनाउन लागेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको उनको भनाइ छ । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । तर, झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले मत दिएनन् ।
यद्यपि, गठबन्धनका ठूला दलहरूले आफूहरूलाई सत्ता सहकार्यमा सकारात्मक रूपमा नहेरेको भन्दै उनीहरू संगठित भएर संसद्मा प्रस्तुत हुने तयारी भइरहेको बताइएको छ । संसद्को चौथो दलसहित साना ७ दलीय गठबन्धनको प्रयासमा जुटेका दलहरूमध्ये रास्वपाले भने उपराष्ट्रपतिमा जनमत पार्टीका उम्मेदवारलाई मतदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण