विद्यार्थीहरूको खबरदारी : हाम्रो मतको अवमूल्यन नहोस्, क्याम्पसको भद्रगोलको अन्त्य होस्
काठमाडौँ । त्रिभुवन विश्ववद्यालय (त्रिवि) अन्तरगत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मत खसाल्न पाउँदा शंकरदेव क्याम्पसका विद्यार्थी हरिश ओझा निकै उत्साहित देखिए । पहिलो पटक उनले स्ववियु निर्वाचनमा भोट हाल्ने मौका पाएका थिए ।
संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उनले कहिल्यै मतदान गरेका थिएनन् । त्यसका लागि उनलाई कुनै पनि उम्मेदवार चित्त बुझेका थिएनन् । जसले गर्दा ती निर्वाचनमा उनकै भाषामा ‘बहिस्कार’ नै गरे । तर, १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा भने उनी भोट हाल्न उनी उत्साहित थिए । त्यसमाथि आफूलाई मन परेका उम्मेदवारलाई मत हाल्न पाउँदा उत्साह पैदा हुनु स्वाभाविक भएको उनको भनाइ छ ।
शंकरदेव क्याम्पसमा देखिएका विकृति तथा विसङ्गति र विद्यार्थीका एजेन्डाहरू नयाँ नेतृत्वले पुरा गर्ने उनको विश्वास थियो । भोट दिएपछि उनको अपेक्षा छ, ‘क्याम्पसमा थिति बसोस् । अहिलेसम्मको भद्रगोलको अन्त्य होस् । विद्यार्थीले आफ्ना मागका लागि लडिरहनु नपरोस् ।’
_sg9r4KWlEp.jpg)
मत दिएपछि आफूले भोट दिएका उम्मेदवारलाई उनले भेटे । र, जितेपछि आफ्नो मतको अवमूल्यन नगर्न खबरदारी गरे ।
‘मेरो त जीवनको पहिलो मतदान हो । मैले धेरै अपेक्षा राखेको छैन । क्याम्पसमा अहिले देखिएका विकृति विसङ्गति अन्त्य गरेर एउटा ट्र्याकमा जाओस् भन्ने मेरो चाहना हो,’ उनले भने ।
_0ubReeJDCq.jpg)
मतदान गरेपछि शंकरदेवकै अर्का विद्यार्थी स्मृति थपलियाले पनि क्याम्पसमा अहिलेसम्म देखिएको राजनीतिक अस्थिरताको अन्त्य होस् भन्ने चाहेकी छिन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘मैले धेरै केही कुरा पनि चाहेकी छैन । बस क्याम्पसमा हाम्रो नियमित पढाई होस्, सधैँ हुने तालाबन्दी अन्त्य होस् । केही कुरा राख्नुप¥यो भने हामीले क्याम्पसमा तालाबन्दी नै गर्नु नपरोस् । सबै काम स्ववियुबाट होस् ।’
_kbHdB68p2Q.jpg)
८ हजार ४९० विद्यार्थी मतदाता रहेको शंकरदेवमा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । मतदानका लागि विद्यार्थीहरूलाई सुरक्षाकर्मीले चेकजाँच गरेरभित्र पठाइरहेका छन् । विद्यार्थीहरू समेत लाइन लागेर मत दिन आतुर देखिन्छन् ।
सबै विद्यार्थीहरूको चाहना भनेकै कलेजमा अहिलेसम्म देखिएका विकृति विसङ्गतिको अन्त्य होस् भन्ने रहेको छ ।
_d2XqooW3wF.jpg)
त्यस्तै २ हजार २४६ विद्यार्थी मतदाता रहेको नेपाल ल क्याम्पसमा पनि उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहानैदेखि विद्यार्थीहरू हातमा आफ्नो परिचयपत्र बोकेर मतदानको प्रतीक्षामा बसेका छन् । उम्मेदवारहरू तथा तिनका प्रतिनिधिहरू मतदाताहरूलाई भोट माग्दै हिँडेका छन् ।
मतदाता विद्यार्थीहरूको अपेक्षा अब आफूले भोग्दै र देख्दै आएका समस्या समाधान हुन्छन् होला भन्नेछ । विद्यार्थी दीपिका भट्टले क्याम्पसभित्रका तमाम समस्या समाधान होस् भन्ने चाहना राखेर मतदान गरेको बताइन् ।
_4PTu6VU6C2.jpg)
‘भोट हालेँ । अब जितेकालाई जितको मात नचढोस् भन्ने हो । जित्नेले सबै विद्यार्थीको प्रतिनिधित्व गरेर अगाडि बढुन् र हाम्रा र क्याम्पसका समस्या समाधानका लागि लडुन् भन्ने चाहना छ,’ उनले भनिन् ।
थापाथली इन्जिनियरिङ कलेजमा पनि उत्साहजनक रूपमा मतदान भइरहेको छ । १ हजार ५० मतदाता विद्यार्थी रहेको थापाथलीमा विद्यार्थीहरू उत्साहित भएर मतदानको लागि प्रतीक्षामा बसिरहेका छन् । उनीहरूले आफूले मन पर्ने र भिजन र एजेन्डा राम्रो भएको उम्मेदवारलाई मत दिएको बताएका छन् ।
_DhWBGZI6fn.jpg)
त्यस्तै २ हजार ६९९ विद्यार्थी रहेको पुलचोक इन्जिनियरिङ क्याम्पसमा पनि मतदानका लागि विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको छ । विद्यार्थीहरू मतदान गर्न प्रतीक्षामा बसेका छन् । उनीहरूले क्याम्पसमा देखिएका विकृति र विसङ्गति अन्त्य होस् भन्ने चाहेका छन् ।
नजिकिँदै गरेको परीक्षाको प्रवाह नगरेर आफूहरू मतदान गर्न आएको उनीहरूको भनाइ छ । आफ्नो मतको अवमूल्यन गरेको खण्डमा आफूहरूले त्यस्ता उम्मेदवारलाई नछोड्ने चेतावनी समेत विद्यार्थीहरूको छ ।
_LK1mzalJuQ.jpg)
उम्मेदवारहरूले समेत आफूले अघि सारेका एजेन्डा र विद्यार्थी समस्याहरूलाई समाधान गर्नका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
विद्यार्थीहरूले क्याम्पसको भौतिक पूर्वाधार, समयसापेक्ष अनुसार पठनपाठन, लाइबेरी, क्यान्टिन, क्याम्पसमा हुने अनियमितता, तालाबन्दीको अन्त्य जस्ता समस्याको समाधान होस् भन्ने चाहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण