जहाँ पुरुषहरु सम्पत्तिमा छोरीको मात्र हक हुने चलनबिरुद्ध गर्दैछन् संघर्ष
जहाँ घरमा पुरुषहरुको चल्दैन र राजनीतिमा महिलाहरुको । पुरुषहरुलाई बच्चा जन्माउने ‘गोरु’ मात्र ठानिएको गुनासो ।
मेघालय एक महिला प्रधान समाज हो जहाँ विवाहपछि पुरुषहरु आफ्नो श्रीमतीको घरमा बस्ने गर्छन् ।
यहाँ सम्पत्तिको हकदार पनि छोरीहरु हुने गर्छन् र छोरा पनि आफ्नो आमाको नामबाट चिनिन्छ ।
पूर्वोत्तर भारतको यो राज्यमा विधानसभाको चुनाव हुन लागेको छ । कयैन राष्ट्रिय र क्षेत्रीय दलहरु यो चुनावी संघर्षका लागि तयारी गरिरहेका छन् ।
तर महिला प्रधान समाज भएर पनि राजनीतिमा महिलाहरुको उपस्थिति शुन्य बराबर रहेको छ । महिलालाई टिकट दिने मामिलामा सबै राजनैतिक दलहरु समान रहेका छन् ।
भाजपाले चुनावमा मात्र दुई महिलालाई उठाएको छ । भाजपाकी राज्य नेता बियान्का किन्डीयाह भन्छिन् – महिलाहरुलाई राजनीतिमा स्थान बनाउन गाह्रो छ ।
उनी अगाडी भन्छिन्, ‘टिकट उसैलाई दिइन्छ जसले आफ्नो प्रतिद्वन्द्वीलाई कढा चुनौती दिनसक्छ र जसले चुनाव जित्ने सम्भावना रहन्छ ।’
बियान्का भन्छिन्, “हो, मेघालय एक महिला प्रधान समाज हो । यहाँ महिलानै सम्पत्तिको हकदार हुन्छन् । तर जब तपाईं राजनीतिको कुरा गर्नुहुन्छ काम बढो मुस्किल रहेको छ । महिलाहरुलाई पुरुषहरुको राजनीतिक संसारमा आफ्नो स्थान बनाउनु असम्भवजस्तै छ । जो एक दुई महिलाहरु राजनीतिमा रहेका छन् उनीहरु आफ्नो परिवारिक पृष्ठभूमिका कारण रहेका हुन् ।”

सबैभन्दा बढी सात महिलाहरुलाई टिकट काङ्ग्रेस पार्टीले दिएको छ । क्षेत्रीय दलहरुको त झन् दयनीय हालत रहेको छ ।
आखिर महिलाहरुलाई प्रत्यासी किन बनाउन चाहिरहेका छैनन् राजनीतिक संगठन ?
प्रमुख क्षेत्रिय दल युनाइटेड डेमोक्रेटिक पार्टीकी वरिष्ठ नेता प्रीति खारपुंगरो भन्छिन् – महिलाहरुलाई राजनीतिमा कुनै ठाउँनै छैन ।
प्रीति खारपुंगरो भन्छिन् “हाम्रो समाजमा पुस्तौँ पुस्तादेखि यही मान्यता रहेको छ कि महिला घरको मालिक हो । ऊ त्यहीँसम्म सिमित रहनुुपर्छ । चुनाव लड्न होस् वा युद्ध त्यसलाई पुरुषको काम मानिन्छ ।
महिलाहरुलाई यसमा पछाडिनै राखिएको छ । यसैले राजनीतिमा महिलाको सहभागिता शुन्य बराबर रहेको छ । यसैले कोही पनि महिलालाई उम्मेद्वार बनाउन चाहँदैन ।”
मेघालयमा ६० मध्ये ३६ विधानसभाको सीट यस्ता रहेका छन् जहाँ महिलाको जनसङ्ख्या पुरुषको भन्दा बढी छ ।
कुल ३०७ उम्मेदवारहरुमा मात्र ३३ महिलाहरु यो पटक चुुनाव लडिरहेका छन् । यिनमा पनि धेरै जसो स्वतन्त्र उमेदवारहरु रहेका छन् ।
पछिल्लो विधानसभाको चुनावमा पनि २५ महिला उमेदवार मात्र थिए जसमध्ये ४ ले मात्र चुनाव जित्न सके । यी चारै विजयी महिलाहरु काङ्ग्रेस पार्टीका हुन ।

पुरुषहरु पनि मागिरहेका छन् अधिकार
मेघालय जहाँको राजनीतिमा महिलाहरुको उपस्थिति कम छ त्यहीँ पुरुषहरु पनि आफ्नो केही अधिकारहरुको लागि लडिरहेका छन् ।
पुरुषहरुको भनाई छ कि मुख्यतः जनजातीय ‘खासी’ र ‘गारो’ समाजमा पुरुषहरुलाई न सम्पत्तीको अधिकार छ न तिनलाई घरको मुली मानिन्छ ।
पुरुषहरु आफ्नै घरमा एउटा ‘बाहिरी मान्छे’ जसरी रहन्छन् जसको घरमा केही लागु हुँदैन ।
पुरुषहरुको अधिकारहरुको लागि तीन दशकदेखि काम गरिरहेको संगठनको सदस्य हुन्–माइकल सीएम ।
उनका अनुसार उनको संगठनको प्रयासले गर्दा सरकार दुई वटा कानुन बनाउन बाध्य भयो, यसमा एक सम्पत्तिको अधिकार छ र अर्को विवाहको अनिवार्य दर्ता गर्नुपर्ने कानुन रहेको छ ।
बीबीसीसँग कुरा गर्दै माइकल सीएमले भने, “मान्छेहरुलाई बाहिरबाट हेर्दा लाग्छ कि मेघालय महिला प्रधान समाज हो । तर यो समाजमा रहने पु्रुषहरुलाई नै थाहा छ उनीहरु कुन पीडामा बाँचिरहेका छन् । यहाँ पुरुषहरुलाई बच्चा जन्माउने गोरु जस्तो मात्र व्यवहार गरिन्छ । घरमा बावुको कुनै महत्व छैन किनकी बच्चाहरु आमाको थरबाट चिनिन्छन् । संम्पत्तिमा सबैभन्दा कान्छी छोरीको ऊ नभए मामाको हक लाग्छ । पितालाई कुनै अधिकार छैन ।”

मेघालयको समाजमा अलग अलग बाबुबाट बच्चा जन्माउनु पनि सामान्य मानिन्छ ।
तर पछिल्लो समय विवाहको केही दिनभित्रै पति आफ्नो श्रीमतीको घर छाडेर जाने घटनाहरु बढिरहेको छ । मेघालयको सरकारले यी घटनाहरुलाई ध्यानमा राखेर विवाहको अनिवार्य दताको कानुन बनाएको
त छ तर चर्चको (मेघालय भारतको क्रिश्चियनबहुल थोरै राज्यमा पर्छ) विरोधको कारणबाट यसलाई लागु गर्न सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
-
६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण