बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
बुटवल। रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसी ९९३ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ५८३ मत पाए । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।
नेपाल विद्यार्थी संघका सागर पौडेल तेस्रो स्थानमा छन् । उनले ३९१ मत पाएका छन्। सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, विमलकुमार पासी, सागर
एमसी र प्रज्वल बस्नेत नै फराकिलो मतान्तरले विजयी भएका छन् । सो क्याम्पसमा यसअघिका दुईवटा स्ववियु निर्वाचन विवादका कारण रोकिएका थिए। सो क्याम्पसमा अहिलेसम्म एमाले निकट अनेरास्ववियु नै जित्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण