राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् ।
सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो । जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले द्विपक्षीय सम्बन्धमा विविध विषयमा पनि कुरा भएको बताए ।
त्यस क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरे । त्यसैगरी बेलायतसँग नेपालको सिँधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरूको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा संचालनका लागि पहल गरिदिन पनिसांसद शर्माको ध्यानाकर्षण गराएका थिए । सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण