बुधबारदेखि थ्री नेसन्स कप फुटबल हुने, प्रथम हुनेलाई ५ हजार डलर पुरस्कार
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि ‘प्राइम मिनिस्टर थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । चैत सम्म चल्ने फुटबल प्रतियोगितामा नेपाल, भुटान र लावसबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
दशरश रंगशालामा सिङ्गल राउन्ड रोविन आधारमा हुने प्रतियोगिताका लागि सहभागी हुन भुटान र लावसका टोली नेपाल आइसकेका छन् ।
प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ रु ५०० र भीआइपी पारापिटतर्फ रु १००० टिकट दर तोकेको छ । खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने जनाइएको छ ।
प्रतियोगिताको प्रथम हुने राष्ट्रलाई ५,००० अमेरिकी डलर, द्वितीय पुरस्कार ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गर्ने तय भएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको अनुमानित बजेट एक करोड सतहत्तर लाख अठसट्ठी हजार चार सय असी रुपैयाँ रहेको पनि प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण