भारतीय प्रधानमन्त्री र जापानी समकक्षीको भेटवार्ता, जी–७ बैठकलाई निम्तो
नयाँ दिल्ली । दुई दिने भ्रमणमा भारत आएका जापानका प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा किशिदाले मोदीलाई जी–७ बैठकलाई निम्तो दिएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय प्रधानमन्त्रीले निम्तोका लागि आफ्ना जापानी समकक्षीलाई धन्यवाद दिएका थिए । मोदीले भने, ‘आज जापानका प्रधानमन्त्री फुमियो किशिदाले मलाई जी–७ समिटका लागि निम्तो दिनुभयो, जुन मे महिनामा हिरोशीमामा हुनेछ । म यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।’
किशिदाले प्रधानमन्त्री मोदीले आफ्नो निम्तो तुरुन्त स्वीकार गरेको जानकारी दिए । उनले फ्रि एन्ड ओपन प्यासिफिक (एफओआईपी) को नयाँ योजना घोषणा गर्ने जानकारी दिए । उनले भने, ‘हाम्रो बलियो सहयोगी रहेको भारतको धर्तीमा एफओआईपीको नयाँ योजना सार्वजनिक गर्न पाउँदा म निकै खुसी छु ।’
दुई नेताबीच अन्तर्राष्ट्रिय समुदायको समस्या र जी–७ र जी–२० बीच साझेदारी बढाउने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, पर्यटन, कार्बन उत्सर्जन घटाउनेलगायतका विषयमा पनि छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण