९० वर्षका विश्व कीर्तिमानी बडीबिल्डर
जिम एरिङ्टन १३ वर्षको हुँदादेखि बडी बिल्डिङमा लागेका थिए । अहिले ९० वर्षका भए, बडी बिल्डिङमा उनको विराम लागेको छैन । कतिलाई त यो कुरा विश्वास पनि लाग्दैन होला त्यसैले त उनको नाम विश्व कीर्तिमानीको सूचीमा छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई ‘सबैभन्दा पाका सक्रिय पुरुष बडीबिल्डर’ को उपाधि दिएको छ ।
जिमलाई बडी बिल्डिङबारे १३ वर्षदेखिको रुचि थियो । एक दिन उनी औषधी पसल गएका थिए । त्यहाँ उनले बडेमानको सुगठित शरीर भएको व्यक्तिलाई मसल म्यागेजिनको कभरमा देखे । उनले तत्काल ती किताब मगाए । उक्त किताबमा व्यायाम गर्ने तरिका बारे पनि जानकारी दिइएको थियो । आफ्नो बुवाको तीन पाउन्डको स्टिल बल लिएर उनले त्यहाँ बताइएको तरिका अपनाएर व्यायाम गरे । हुन त त्यो बडी बिल्डिङका लागि पर्याप्त थिएन तर केही महिनामा उनले १० पाउन्ड मांसपेशी बढाए । त्यो क्रम बढ्दै गयो । उनी कहिल्यै रोकिएनन्, कहिल्यै थाकेनन् । ९० वर्षको उमेरमा उनको शरीर पक्कै कमजोर भएको छ तर वेट ट्रेनिङ रोक्ने उनको कुनै सोच छैन ।
‘मेरो उमेरमा तपाईँको शरीर असाध्यै कमजोर हुन्छ,’ जिमले मेन्स हेल्थसँग अघिल्लो वर्ष भने । ‘तालिम लिइरहेका बेला तपाईँले धेरै कुराको ध्यान दिनुपर्छ । पछिल्लो पाँच वर्षमा मेरो दुवै बाइसेप केही च्यातिएका छन् । त्यसैले तपाईँले पहिला जे गर्नुहुन्थ्यो अहिले गर्न सक्नु हुन्नँ । यस्तो हुँदा साह्रै चित्त दुख्छ । तर आफूले आफैँलाई निरन्तर अघि भने बढाइरहनु पर्छ ।’
बडीबिल्डिङ सुरु गर्ने बेलामा जिमले आफू एक दिन मिस्टर अमेरिका बन्ने सपना देखेका थिए तर उमेर बढेसँगै उनले यसमा लागि आफूमा वंशाणुगत गुण नै नभएको थाहा पाए । उनको बोन लिगामेन्ट र मसल्स सानो छ तर यो कुराले उनलाई कहिल्यै निरुत्साहित गरेन । उनले तालिम लिइरहे, पछिल्ला वर्षहरूमा समेत । धेरैजसो बडी बिल्डरलाई शरीरले साथ नदिएपछि आफ्नो प्यासन छोडिदिएका छन् । सन् २०१८ मा ८५ वर्षको उमेरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले ‘सबैभन्दा पाका सक्रिय पुरुष बडीबिल्डर’ को उपाधि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण