त्रिविको परीक्षा केन्द्र सार्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति
काठमाडौँ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । १२ चैत २०७९ बाट चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ ।
भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्यनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् । तत्काल विद्यार्थीलाई दुःख दिने मनसायकासाथ गरिएको परीक्षा केन्द्र टाढा सार्ने निर्णय नसच्याए संघर्ष गर्न बाध्य हुने उनीहरूको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण