शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिल्म 'परिणिता'का निर्देशक प्रदीप सरकारको निधन

शुक्रबार, १० चैत २०७९, १२ : १९
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । बलिउडका चर्चित निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षका सरकारको निधन भएको उनका नजिकका साथी निर्देशक हंसल मेहताले सार्वजनिक गरेका छन् । उनको निधन प्रति अभिनेता मनोज बाजपेयीले पनि शोक व्यक्त गरेका छन् ।

सरकारले सैफ अली खान र विद्या बालन अभिनीत फिल्म ‘परिणीता’ बाट आफ्नो निर्देशकीय करियर सुरु गरेका थिए । प्रदीप सरकार र हंसल मेहता एकदमै मिल्ने साथी हुन् । रिपोर्टका अनुसार प्रदीपले आज बिहान ३.३० बजे अन्तिम सास लिएका थिए ।

सन् २००५ बाट निर्देशनमा डेब्यु गरेका ‘लगा चुनरी मे दाग’, ‘लफंगे परिन्दे’, ‘मर्दानी’ र ‘हेलिकप्टर ईला’ जस्ता फिल्महरू सफलतापूर्वक निर्देशन गरेका थिए । सरकारले फिल्मफेयर अवार्ड र जी सिने अवार्डबाट जस्ता थुप्रै  अवार्ड प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप