‘मैले हजुरआमाको शव किन छुन पाइनँ ?’
हजुरआमाको निधनभन्दा अघि हर्षिताले कहिल्यै पनि लैङ्गिक भेदभावको सामना गरेकी थिइनन् । तर त्यो अनुभवले हर्षितालाई उक्त लैङ्गिक भेदभावबारे प्रश्न उठाउन बाध्य पार्यो जुन महिलाले संस्कार र रीति–रिवाजको नाममा झेल्न बाध्य छन् ।
बीबीसी र विमेन्स वेबका लागि हर्षिता शारदा:
मेरी हजुरआमाको निधनले मलाई विक्षिप्त पारेको थियो । हामी सम्बन्धको विशेष डोरीले बाँधिएका थियौँ । उहाँले मलाई यो महसुस गराउनु हुन्थ्यो कि म यो दुनियाँमा सबैभन्दा राम्री छु । हरेक मामिलामा सम्पूर्ण ।
मेरी हजुरआमाको मृत्युमा मैले आफूले माया गर्ने व्यक्ति मात्र गुमाएको होइन, उनको मृत्युले मलाई आफ्ना प्रियजनहरूको अन्त्येष्टि संस्कारको सन्दर्भमा महिलाहरूले सामना गर्ने हृदय विदारक भेदभावको अनुभव पनि गराएको छ ।
यस वर्ष २३ जनवरीमा मैले मेरी हजुरआमा निर्मला देवीलाई सदाको लागि गुमाएँ । उनको ९५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो । उनी मात्र एक व्यक्ति थिइन् जसले मेरो खुलेर प्रशंसा गर्थिन् ।
जुन दिन उनको देहान्त भयो, त्यसको अघिल्लो साँझ उनले मैले बनाएको चियाको तारिफ गरेकी थिइन् र मैले भाइले भन्दा मिठो चिया बनाउँछु भनेकी थिइन् । मेरो भाइ र मबीच कसले मिठो चिया बनाउने भनेर प्रतिस्पर्धा हुन्छ ।
हुन त मेरी हजुरआमाले सम्पूर्ण परिवारलाई धेरै माया गर्नुहुन्थ्यो । तर मेरा लागि उनको मनमा विशेष स्थान थियो । मैले बनाएको बाङ्गो टेढो रोटीको पनि तारिफ गर्थिन् । दालमा नुन बढी भयो भने पनि मिठो मानेर खानुहुन्थ्यो । यहाँसम्म कि एक गिलास पानी मात्रै दियो भने पनि अति नै कृतज्ञ हुने गर्थिन् ।
उनलाई हृदयाघात भयो र त्यसपछि एक हप्तासम्म अस्पतालमा भर्ना हुनुपर्यो । अस्पतालबाट निको भएर घर फर्किइन् । तर चार दिनपछि उनले अन्तिम सास फेरिन् ।
जब हजुरआमाले अन्तिम सास फेरिन्...
दिल्लीमा पढ्छु । तर हजुरआमाको अस्वस्थताको खबर सुनेपछि म जालन्धरस्थित आफ्नो घर पुगेँ । जब मेरी हजुरआमा आफ्नो जीवनको अन्तिम क्षणमा थिइन्, उनको एउटा अन्तिम व्यक्त गरिन् । जमिनमा सुत्दा सुत्दै उनी मृत्युवरण गर्न चाहन्थिन् । उनको इच्छा पूरा गर्न बुबाले उनलाई भुईँमा सुताउने निर्णय गरे ।
जब बुवाले उनलाई ओछ्यानबाट उठाउँदै थिए, उनले मद्दत गर्न भने । बुबालाई सहयोग गर्न अघि बढेपछि हजुरआमालाई हेरचाह गर्न खटिएका महिलाले हजुरआमालाई छुनु हुँदैन, नत्र मैले छोएमा श्राप लाग्ने भनी उनले मेरो हात हटाइन् ।
ती महिलाको कुरा सुनेर म रिसाएँ र चिच्याउँदै भनेँ – मैले हजुरआमालाई छोएँ भने उनलाई खुसी हुनेछ किनभने उनले मलाई असाध्यै माया गर्छिन् । यति भनेर म रुँदै कोठाबाट बाहिर निस्किएँ किनकि मेरो लागि त्यो मौका यस्तो थिएन कि म त्यो मर्दवादी सिद्धान्तविरुद्ध लड्ने अवसर थिएन ।
मेरा आमाबुवाले पनि महिलाले भनेको कुरामा आपत्ति जनाए र मलाई कोठामा बोलाए । तर ती महिलाको कुराले मेरो मनमा यति नराम्रो प्रभाव पार्यो कि म त्यो कोठामा जान सकिनँ ।
तर, कुरा यतिमा मात्रै टुङ्गिएन । जब मानिसहरूले मेरी हजुरआमालाई ओछ्यानबाट उठाएर भुईँमा सुताइदिए, उनी जुन तन्नामा सुतिरहेकी थिइन्, त्यो च्यातियो । त्यति बेला हजुरआमाको हेरविचार गरिरहेकी महिला म भए ठाउँ आएर भनिन्, ‘तिमीले उनलाई छोएकी थियौ । यत्तिले गर्दा उनलाई उठाउने एक व्यक्ति राम्रोसँग हिँड्न सकेनन् ।
मैले त पत्याउन नै सकिनँ कि यो मैले के सुनिरहेकी छु । मैले छोएको भरमा मेरी हजुरआमालाई अर्को जन्ममा श्राप लाग्छ भनेर उनले मलाई भनिरहेकी थिइन् । मेरो मुखबाट एक शब्द पनि निस्किएन । जे भइरहेको थियो त्यो देखेर म यति भावुक भएँ कि महिलालाई तिमी गलत छौ भनेर भन्न पनि सकिनँ । वा उनलाई थाहा छैन कि म मेरी हजुरआमासँग कत्ति जोडिएकी थिएँ । हाम्रो सम्बन्ध कस्तो थियो ।
म यस्तो परिवारमा हुर्केँ जहाँ छोरा र छोरीलाई समान हैसियत दिइन्छ । मेरो भाइ र म जीवनमा जे गर्न चाहन्थ्यौँ, मेरो आमाबाबुले हामीलाई सधैँ प्रोत्साहन दिए । हजुरआमाले पनि हामीबीच कुनै भेदभाव गरिनन् ।
यस्तो अवस्थामा एक अपरिचित व्यक्तिले यस्तो भन्दा मलाई नराम्रोसँग ठेस लाग्यो । यो त दोहोरो मार परेको जस्तै थियो । मैले मेरी प्यारी हजुरआमाबाट छुट्टिनुको पीडा मात्र होइन, यो पुरुषवादी समाजले बनाएका विभेदकारी नियमहरूको सामना पनि गर्नु परेको थियो ।
किन छोराहरूलाई मात्र अन्तिम संस्कार गर्न दिइन्छ ?
अस्पतालमा उनको हेरचाह गर्दा कसैले छोरा छोरी भनेर सोधेनन् । त्यसो भए किन उनको मृत्यु पछि अचानक सबै कुरा परिवर्तन भयो ? उनले अन्तिम सास फेर्नु अघि आमाबुवासँगै उनको मुखमा गंगाजल हालेको मलाई याद छ । मेरा आमाबाबुलाई थाहा थियो कि म उनीहरूसँग कति भावनात्मक रूपमा संलग्न थिएँ । त्यस कारण उनले मलाई कुनै पनि काम गर्नबाट रोकिनन् । तर हाम्रो वरिपरि अरू मानिसहरू जम्मा हुनासाथ परिस्थिति अचानक परिवर्तन भयो ।
छोराले मात्रै आमाबुवाको अन्तिम संस्कार किन गर्छन् भनेर सोध्दा मैले फरक जवाफ पाएँ । यी मध्ये कुनै पनि जवाफ सन्तोषजनक थिएन । कतिपय ठाउँमा महिलालाई दाहसंस्कारमा पनि प्रवेश गर्न दिइँदैन, अन्तिम संस्कार गर्न पनि दिइँदैन ।
मरेपछि अन्तिम संस्कार गर्न छोरा होस् भनेर मानिसहरूले छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिन्छन् । के यही कुराले उनीहरूलाई मृत्युपछि शान्ति दिन्छ ? के भगवानले महिला र पुरुषमा भिन्नता गर्छन् जसलाई उनी आफैँले बनाएका हुन् ?
जब कसैको प्रियजनको मृत्यु हुन्छ, तब तपाईँ उनको कोठाबारे मात्रै सोच्न सक्नुहुन्छ जुन अब खाली हुनेछ । अब तपाईँ उनको आवाज कहिल्यै सुन्न सक्नु हुन्नँ र कहिल्यै उनको प्रेमपूर्ण स्पर्श महसुस गर्न सक्नुहुन्नँ । सायद आफ्नी हजुरआमालाई अन्तिम पटक छुँदा, उनको अन्तिम संस्कारको हिस्सा बन्दा मैले उनलाई सदाका लागि अलबिदा भन्ने शक्ति पाउने थिएँ ।
मलाई एउटै कुरा विश्वास छ कि यदि त्यति बेला मेरी हजुरआमा होसमा भएको भए, मलाई छुन नदिएकोमा उनले सबैलाई पक्कै पनि गाली गर्नुहुन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण