आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय
काठमाडौँ । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र महिला एक करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव ०२ प्रतिशत) छ ।जनगणनामा जुनसुकै काम जति पनि अवधिका लागि गरेका वा काम खोजेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिलाई मात्र आर्थिक रूपमा सक्रिय व्यक्तिअन्तर्गत राखिएको छ । यसअन्तर्गत दुई करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्ति पर्छन् । त्यसमध्ये ६५ दशमलव ५ प्रतिशत अर्थात् एक करोड ५६ लाख ८९ हजार ७७७ जना मात्रै आयआर्जनमा संलग्न देखिएको हो । बाँकी ८२ लाख ११ हजार १२ जना भने आर्थिक रूपले निष्क्रिय छन् अर्थात् उनीहरू आयआर्जनमा संलग्न छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण