बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आज देशको पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

मङ्गलबार, १४ चैत २०७९, ०६ : ०३
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ । 

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि देशका पहाडी भू-भागमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप