बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
सिराहा । सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारी का ४७ वर्षीय सत्य नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले बैङ्कका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको नौ लाख रकम लुटपाट गरेको आरोप छ। प्रहरीसहित गएको ज। ६ प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटिएका थिए।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिराहा सदरमुकामस्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ।
उनीहरूमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण