के हो न्यून दृष्टि ?
काठमाडौँ । नेपालमा कूल जनसङ्ख्याको झण्डै १ प्रतिशत व्यक्तिहरू न्यून दृष्टिको समस्याबाट ग्रसित छन् । एउटा आँखाले पनि दृष्टि मापन चार्टको ६/१८ साइजको अक्षर देख्न सक्तैन अर्थात् थोरै मात्र देख्छ भने त्यसलाई न्यून दृष्टि भनिन्छ । न्यून दृष्टि भएको व्यक्ति पूर्णतया दृष्टिविहीन नभनिने दृष्टि विशेषज्ञ डा.सञ्जीव भट्टराई बताउँछन् ।
न्यून दृष्टि हुनुका प्रमुख कारणहरूमा आँखाको बाहिरी नानीमा फुलो पर्नु, जलविन्दु, जन्मजात मोतिविन्दु, आँखामा लाग्ने चोटपटकहरू सानै उमेरमा चस्मा लाउनु पर्ने अवस्थामा चस्मा नलगाउनु, दृष्टि पर्दा तथा दृष्टि नशाका रोगहरू भएको डा.भट्टराईले बताए । न्यून दृष्टि भएका व्यक्तिसँग थोरै मात्रामा रहेको दृष्टि क्षमतालाई न्यून दृष्टि उपकारणको प्रयोगबाट दैनिक क्रियाकलापका लागि सहज बनाउन सकिने उनको भनाई छ ।
डा. भट्टराईका अनुसार न्यून दृष्टि भएका व्यक्तिको पहिचान यसरी गर्न सकिन्छ :
–आँखाको गेडी लगातार हल्लिरहने तथा आँखा डेडो भएमा
–काखे शिशुले आमाको मुखतिर हेरेर हाँस्ने बोल्ने नगरेमा
–कुनै बस्तु हेर्दा वा अक्षर पढ्दा आँखाको निकै नजिक राख्नुपर्ने भएमा
–कक्षा कोठाको कालोपाटीमा लेखेको अक्षरहरू प्रष्टसँग नदेख्ने भएमा
–उच्च रक्तचाप तथा मधुमेह भएमा व्यक्तिको दृष्टि क्षमता क्रमिक तथा स्थायी रूपमा घटेको अवस्थामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण