१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
आज २०८३ असार १६ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ :
- रास्वपामा बालबालिकाको प्रयोग
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान र प्रचलित कानुनविपरीत १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषय सार्वजनिक भएको एक साताभन्दा बढी समय भइसकेको छ। असार ९ गते चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस गर्दै निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना बालबालिकासमेत सदस्य रहेको उल्लेख गरेका थिए। सोही प्रतिवेदन महाधिवेशन हलले पारित गरेको थियो।
- असारे विकासको चटारो
आर्थिक वर्षको अन्त्यमा आएर बजेट खर्च गर्ने प्रवृत्ति (असारे विकास) ले यस वर्ष पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्तसम्म) सुस्त रहेको सरकारी खर्च असार लागेसँगै ह्वात्तै बढेको छ ।
- सुस्तावासीको पीडा
नवलपरासीको सुस्ता क्षेत्रका स्थानीय बासिन्दाहरू आफ्नो राष्ट्रिय पहिचान र भूमिको रक्षाको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। सुस्ता बचाउ अभियानका अभियन्ताहरूले नागरिकता वितरण, जग्गाको लालपुर्जा र सुस्ता क्षेत्रको स्थायी सीमांकनको माग राख्दै धर्ना सुरु गरेका हुन्।
- चीनमा सीपीसीको वैभव
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०५ वर्ष पूरा भएको छ। भीषण युद्ध, त्याग र बलिदानबाट जन्मेको सीपीसीको स्थापना सन् १९२१ जुलाई १ तारिखमा भएको थियो । विश्वयुद्ध र गृहयुद्धबाट खरानी भएको चीन सीपीसी सत्तामा पुगेको ७७ वर्षमा विश्वको एक प्रमुख महाशक्ति बन्न सफल भएको छ।
- एसेट म्यानेजमेन्ट कम्पनी
बैंकिङ प्रणाली अहिले एउटा गम्भीर र जटिल मोडमा छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण व्यवसायीहरूले ऋणको साँवा–ब्याज तिर्न सकिरहेका छैनन् । ऋणीहरूले साँवा–ब्याज समयमा भुक्तानी नगर्दा बैंकहरूको वासलातमा खराब कर्जाको ग्राफ निरन्तर उच्च हुँदै गएको छ ।
- कांग्रेसको क्रियाशील सदस्यता
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम सकेर नयाँ क्रियाशील सदस्यता खोलेको एक महिना पुग्न एक दिन मात्रै बाँकी छ । तर, कतिले सदस्यता माग गरे भन्ने यकिन तथ्याङ्क अझैँ केन्द्रमा नपुगेको पाइएको छ ।
- अध्ययन समितिको निष्कर्ष
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिकाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिस अध्ययन समितिले आफ्नो अध्ययन सकेको छ । मन्त्रिपरिषद्ले सुरक्षा निकायका प्रमुख र कमान्डरहरूलाई गरिएको कारबाहीको सिफारिस अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो ।
- झ्याप्प–झ्याप्प बिजुली
अहिले देशभर भइरहेको ‘झ्याप्प–झ्याप्प’ बिजुली जाने समस्याले सर्वसाधारण हैरान छन् । लोडसेडिङ हटेको लामो समय भइसक्दा पनि नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या भने उस्तै छ । बिहान, दिउँसो र बेलुका काठमाडौँ उपत्यकासहित देशभर पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ ।
- वैधानिकतामाथि उठ्यो प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चुनिएका केन्द्रीय पदाधिकारीहरूको वैधानिकतामाथि गम्भीर कानुनी प्रश्न उठेको छ । असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो, जहाँबाट रवि लामिछाने सभापतिमा सर्वसम्मत हुँदा अन्य केन्द्रीय पदाधिकारीहरूको चयन प्रक्रियामा कानुनी प्रश्न उठेका छन् ।
- घटे कण्डम प्रयोगकर्ता
गण्डकी प्रदेशमा यो वर्ष एचआईभी सङ्क्रमितको सङ्ख्या बढेको छ । एकातिर एचआईभी सङ्क्रमण रोक्ने भरपर्दो र सुलभ साधन कण्डमको प्रयोगकर्ता घट्दै जाँदा अर्कोतर्फ सङ्क्रमित बढेको तथ्याङ्क स्वास्थ्य मन्त्रालय गण्डकीको तथ्याङ्क छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण