८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
काठमाडौँ । ‘नेशनल म्युजिक अवार्ड’को ८औँ संस्करण यही असार २६ गते आयोजना हुने भएको छ । अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा अवार्ड हुने आयोजक रेडियो कान्तिपुरले मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे छ।
अवार्डमा जोन एण्ड द लोकल्स देखि दिपक बज्राचार्यसहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ।
अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप र आर.एन.बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन्।
त्यस्तै गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएका व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ।
सो पुरस्कारको राशी १ लाख रुपैयाँ रहनेछ । स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड रहनेछ । यसका लागि सहभागीले ई सेवामार्फत भोट गर्नुपर्नेछ। सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ ।
२०८२ वैशाख १ गते देखि २०८२ चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन जनाको जुरि बनाइएको थियो । विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णय अनुसार गरिएको हो ।
कार्यक्रम साङ्गीतिक महोत्सवको रूपमा रहने जनाइएको छ । यस पटक कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण