प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह : सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिन सक्ने बनाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताए । महामन्त्री शर्माले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताए । उनले राज्यले, निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिन सक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।
देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने नभई समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको उनको भनाइ थियो । महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्दै अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए ।
उद्योगहरू विस्थापित हुनबाट रोक्न बैङ्कबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनु पन उनले बताए । महामन्त्री शर्माले जुत्ता उद्योगलाई बृहत्तर उद्योगको रूपमा बिस्तार गर्न आवश्यक रहेको बताउँदै उनले नेपाली जुत्ता लगाउन, प्रयोग गर्न र नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० सिरिजका लागि नेपाली टिमको बिदाइ (तस्बिरहरु)
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले