मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले

३ जनाको उद्धार
बुधबार, ३१ वैशाख २०८२, ११ : ०६
बुधबार, ३१ वैशाख २०८२

सारांश

  • काठमाडौंको मखन गल्लीमा ग्यास पड्किएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
  • आगलागीमा परी मृत्यु हुनेमा दोलखाको चरिकोटकी ६५ वर्षीया महिला रहेको पुष्टि भएको छ।
  • आगलागीबाट प्रभावित घरबाट प्रहरीले ३ जनाको उद्धार गरेको छ।
  • ६ वटा दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो ।

आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनलाई स्थानीयहरू ‘चरिकोटे बुढी’ भनेर चिन्थे । उनी दोलखाको चरिकोटकी स्थानीय हुन् ।

आगलागी सुरु भएपछि निसास्सिएर उनको मृत्यु भएको आकलन गरिएको छ । दयाराम श्रेष्ठको घरबाट फैलिएको आगो रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो । आगलागी सुरु भएपछि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थलमा पुगेका थिए । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका छन् ।

प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले आगलागीमा परेका ३ जनालाई उद्धार गरेका छन् । घटनास्थलबाट १ महिला, १ पुरुष र १ जना बच्चाको उद्धार गरिएको एसपी बोहराले बताए । आगो सवा ८ बजे नियन्त्रणमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप