वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन गरेका छन्। डा. मदन उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
- कार्यदललाई जनशक्ति र स्रोतको उचित प्रयोग, फार्मेसी, रेडियोलोजी, प्याथोलोजी सेवाको सुधारबारे सुझाव दिन जिम्मेवारी दिइएको छ।
- कार्यदलमा डा. दीपक मोहन भट्टराई र डा. सुरेश तिवारी सदस्य रहेका छन्। यसैगरी डिजिटलाइजेसन र भावी योजनाबारे सुझाव दिन पनि भनिएको छ।
- मन्त्री पौडेलले मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि धेरै उपकरण मर्मत भई सेवामा फर्किएका छन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवा सुधार गर्नका लागि कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदल गठन गरिएको हो ।
अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्याङ्कन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ ।
तीन सदस्यीय कार्यदलमा विज्ञका रूपमा दीपक मोहन भट्टराई तथा डा. सुरेश तिवारी सदस्य रहेका छन् । कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिँदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।
मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरूप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् ।
अस्पतालका निर्देशक डा.दिलीप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण