राजनीति
जसपाका मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णय
बिहीबार, १६ चैत २०७९, १६ : ०८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले यादवलाई मन्त्री छान्ने अधिकार दिएको हो ।
बैठकमा अध्यक्ष यादवले पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको ब्रिफिङ गरेका छन् । सोहीअनुसार गठबन्धनमा छलफल भएको र आजै दलहरुसँग छलफल गरेर अन्तिम टुंगो लाग्ने यादवले बताएका छन् ।
जसका एक नेताले अब यादवले सन्तुलन मिलाएर मन्त्री छानेर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी