बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन

काठमाडौँ । जमलस्थित राष्ट्रिय नाचघरमा केही दिनदेखि जारी ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ मा बुधवार दुई नाटक ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन भएको छ । तीमध्ये ‘प्रतिविम्ब’ निकिता गुरुङ निर्देशित नाटक हो ।
बाउ छोराबीचको प्रेम देखाइएको नटकमा छोरा गुम्बा बसेपछि उसमा आएको परिवर्तनको कथा देखाइएको छ । टेकविक्रम थापा, अनिषा न्यौपाने, रमेशबहादुर खडका, मनिष चौलागाई, नरहरि पराजुली, सलिना क्षेत्री, सुशीला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले नाटकमा अभिनय गरेका थिए ।
त्यस्तै अर्काे नाटक ‘पट्टाचारा’ गीता थापाले निर्देशन गरेकी हुन् । आफ्नै नोकरको माया प्रेममा परेकी एक सुन्दरी कन्याको प्रेम सङ्घर्ष र बुद्धलाई भेटेपछि ती युवतीमा आएको परिवर्तनको कथा प्रस्तुत गरिएको नाटकमा वीरेन्द्र हमालको लाईट डिजाइन, निर्देशक गीताको सेट डिजाइन, राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन र अर्जुन न्यौपानेको ध्वनी रहेको थियो ।
निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशील दाहाल, खगेन्द्र बोहरा, पार्वती गिरी, मनिष चौलागाई, वीरेन्द्र बुढामगर, प्रदीप राई, विमला सापकोटा, श्रीकृष्ण शाही लगायतको अभिनय नाटकमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट
-
रेशम चौधरीको माफी : लोकतन्त्र क्षयीकरणको खतरनाक बाटो
-
बढेन क्यासिनोले बुझाउनुपर्ने रोयल्टी, वार्षिक ५ करोड बुझाउनुपर्ने
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’