शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक

बिहीबार, १६ चैत २०७९, १७ : ४०
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकमा अशोककुमार चौधरीलाई जिम्मेवारी दिएको छ । पार्टी प्रवक्ता मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी सो क्षेत्रको निर्वाचन संयोजक चौधरी तोकिएको बताएका हुन् ।

जारी विज्ञप्तिमा निर्वाचनको सम्पूर्ण जिम्मेवारी बहन गर्न चौधरीलाई तोकिएको बताइएको छ ।  रास्वपाले पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजकको जिम्मेवारी पुरा गर्न नसक्ने भन्दै राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको हो ।

raswapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप