फ्राइडे रिलिज : देशभर अरुण र शुभेच्क्षाको ‘प्रेमा’
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि देशभर फिल्म ‘प्रेमा’ प्रदर्शनमा आएको छ । यो मितिमा अन्य नेपाली फिल्म प्रदर्शनमा नआउँदा ‘प्रेमा’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका हल ‘प्रेमा’ले पाएको छैन । किनभने ५ हप्ता अगाडि रिलिज भएको फिल्म ‘छक्का पन्जा’ र बलिउड फिल्म ‘भोला’ ले पनि धेरै फिल्म हल कब्जा गरेका छन् ।
‘प्रेमा’ गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म हो । शुभेच्क्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु) लगायतको फिल्ममा मुख्य भुमिका रहेको छ ।
बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको फिल्मको ट्रेलरमा प्रेम र द्वन्द्व देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्म विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् ।
सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण