बारा–२ का लागि मधेश प्रदेशले सिफारिस गर्यो उपेन्द्रको नाम
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ । मधेस प्रदेश समितिको बैठकले प्रदेश २ को उम्मेदवारका लागि सिफारिस गरेको बताइएको छ । ‘जिल्लाबाट अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएर आएको थियो, त्यसलाई अनुमोदन गरेर केन्द्रलाई हिजै पठाइसकेका छौँ’ जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले भने ।
यो विषयलाई केन्द्रले निर्णय गरेर टुङ्गो लगाउने उनले बताए । बारा–२ का लागि उम्मेदवार टुगों लगाउने भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बारा २ मा प्रतिनिधिसभा सदस्य जितेका राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । अध्यक्ष यादव त्यहाँबाट चुनाव लड्ने भनिए पनि हालसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी दर्ताको समय सीमा तोकेको छ । सो क्षेत्रमा लोसपाले वरिष्ठ नेता राजेन्द्र महतो, जनमत पार्टीले शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण