शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–२ का लागि मधेश प्रदेशले सिफारिस गर्‍यो उपेन्द्रको नाम

शुक्रबार, १७ चैत २०७९, १४ : ४०
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ । मधेस प्रदेश समितिको बैठकले प्रदेश २ को उम्मेदवारका लागि सिफारिस गरेको बताइएको छ । ‘जिल्लाबाट अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएर आएको थियो, त्यसलाई अनुमोदन गरेर केन्द्रलाई हिजै पठाइसकेका छौँ’ जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले भने ।

यो विषयलाई केन्द्रले निर्णय गरेर टुङ्गो लगाउने उनले बताए । बारा–२ का लागि उम्मेदवार टुगों लगाउने भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बारा २ मा प्रतिनिधिसभा सदस्य जितेका राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । अध्यक्ष यादव त्यहाँबाट चुनाव लड्ने भनिए पनि हालसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी दर्ताको समय सीमा तोकेको छ । सो क्षेत्रमा लोसपाले वरिष्ठ नेता राजेन्द्र महतो, जनमत पार्टीले शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप