उम्मेदवारी दर्ता गराउन बारा पुगे उपेन्द्र यादव
आइतबार, १९ चैत २०७९, १३ : ५२
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । बारा–२ लगायत तनहुँ–१, चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने समय तालिका रहेको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँग उनी आजै बारा पुगेका हुन् ।
सप्तरी–२ बाट चुनाव हारेका अध्यक्ष यादव बारा–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । बारा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । खाली भएको क्षेत्रमा भइरहेको उपचुनावमा जसपाका तर्फबाट अध्यक्ष यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण