उम्मेदवारी दर्ता गराउन बारा पुगे उपेन्द्र यादव
आइतबार, १९ चैत २०७९, १३ : ५२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । बारा–२ लगायत तनहुँ–१, चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने समय तालिका रहेको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँग उनी आजै बारा पुगेका हुन् ।
सप्तरी–२ बाट चुनाव हारेका अध्यक्ष यादव बारा–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । बारा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । खाली भएको क्षेत्रमा भइरहेको उपचुनावमा जसपाका तर्फबाट अध्यक्ष यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड