शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आज देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

मङ्गलबार, २१ चैत २०७९, ०६ : ०४
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ।

आज दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम बुधबार पनि जारी रहने महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप