‘फाटेको जुत्ता खै ?’ वैशाखबाट फ्लोरमा
काठमाडौँ । निकेश खड्काको निर्देशन रहने फिल्म ‘फाटेको जुत्ता खै ?’ आगामी वैशाखबाट छायाङ्कनका लागि फ्लोरमा निस्कने भएको छ । फिल्मका निर्देशक खड्काले फिल्म वैशाखबाट छायाङ्कन सुरु गर्ने तयारी गरिएको बताएका हुन् ।
अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्ममा सौगात मल्ल र रिचा शर्माको मुख्य भूमिका रहनेछ । फिल्म ‘फाटेको जुत्ता’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । आकाश बरालको कथा, प्रवेश मालिकको संगीत रहने फिल्मको छायाङ्कन नवलपुरबाट हुनेछ । फिल्मको रिलिज मिति २४ भदौ तोकिएको छ ।
एनआरएनए दुबईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले निर्माण गर्न लागेको यो फिल्ममा निर्माताको रूपमा अस्ट्रेलियाबाट देव कार्की जोडिएका छन् । कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्मको रिलिज गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण