‘बिहे पास’ को प्रचारमा एक्लो दयाहाङ किन ?
काठमाडौँ । ‘बिहे पास’ आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मका अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारप्रसार समेत तीव्र बनाएको छ । फिल्मको प्रचारमा प्राय अभिनेता दयाहाङ मात्र देखिएका छन् । फिल्मको प्रचार प्रसारमा किन एक्लै दयाहाङ ? । अभिनेत्री प्रकृति श्रेष्ठ अस्ट्रेलिया भएकोले अहिले दयाहाङ मात्र देखिएको निर्माता रोहित कट्टेलले बताए ।
‘फिल्मको प्रचार प्रसारका लागि भनेर अभिनेत्री प्रकृति शुक्रवार नेपाल आउँदैछिन्’ कट्टेलले भने ‘अब प्रचारमा दयाहाङसँगै अभिनेत्री र अन्य कलाकार पनि देखिनेछन् ।’ अहिले फिल्मको प्रचार राम्रो भइरहेको र अभिनेत्री आएपछि झन् आक्रामक प्रचारमा जाने रोहितले सुनाए । प्रवेश पौडेलको निर्देशन रहेको रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका अलवा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेल लगायतको अभिनय छ ।
बिहेका लागि सरकारी जागिरको खोजीमा रहेको एक युवाको कथा उठाएको फिल्ममा मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको छ । फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन् । आरआर फिल्मस् प्रोडक्शनको निर्माण र वितरण रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह निर्माता रहेको नयाँ वर्ष २०८० को उपहारको रूपमा रिलिज गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण